images

नेपालमा सुनको मूल्यको नयाँ रेकर्ड कायम

काठमाडौं–नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । यो मूल्य बुधवारको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासङ्घले जनाएको छ ।

वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रूपमा घट्दै १९ गते १ लाख ३४ हजार ५ सय रुपैयाँमा झर्‍यो । त्यसयता सुनको भाउ फेरि उकालो लागेको हो ।

त्यसै गरी चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधवार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।