
काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ ।
रुस युक्रेन युद्धयता रुस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका हुन् । रुसको राष्ट्रपतिमा पाचौं कार्यकालका लागि चयन भएसँगै पुटिनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण चीनमा गरेका हुन् ।
सिन्ह्वासँगको कुराकानीमा पुटिनले युक्रेनसँग संवादका लागि आफू तयार रहेको बताएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ । युद्धमा संलग्न सबै राष्ट्रहरूको हित हुने गरी सहमतिका लागि रुस बाधक नरहेको पुटिनको भनाइ छ । यस भेटमा दुई मुलुकबीच वृहत् रणनीतिक साझेदारी सम्बन्धी सम्झौता हुनसक्ने अपेक्षा गरिएको छ ।