images

एमाले बाजुराको अध्यक्षमा रङ्गमान शाहीको नाममा सहमतिको खाका तयार

काठमाडौं–नेकपा एमाले बाजुराको अध्यक्षमा रङ्गमान शाहीको नाममा सहमतिका लागि खाका तयार भएको छ । यही जेठ १ गते नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले एमाले जिल्ला कमिटीको आठौँ अधिवेशनको उद्घाटन गरेका थिए ।

तर उम्मेदवारका आंकाक्षी धेरै भएपछि सहमति हुन सकेको थिएन । २ गते नै बन्द सत्र हुनुपर्नेमा केही प्रतिनिधिको विवादका कारण हुन नसकेको नेकपा एमाले बाजुराले जनाएको छ ।

अध्यक्षका आकाङ्क्षीहरूबिच छलफल गर्दा शाहीको नाममा सहमतिको खाका तयार गरिएकाे हाे ।

त्यसैगरि उपाध्यक्ष लाल बहादुर ओली, सचिव भरत थापाको नाममा सहमति जुटेको भए पनि उपसचिवका विषयमा भने छलफल जारी रहेको स्रोतले जनाएको छ ।