images

संसद् अवरोध जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्को अवरोध कायम राख्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न सरकार तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने निर्णय गरेको हो ।

बिहीबार बसेको कांग्रेस शीर्ष नेताको बैठकले उक्त निर्णय गरेको थियो । उक्त बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाश शरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले मात्र समिति गठन गर्न खोजेको आरोप लगाए ।

उनले सत्तापक्ष मूल विषयमा प्रवेश गर्न नखोजेको भन्दै आपत्ति जनाए ।

मुख्य विषय ओझेलमा पारेर हुने छानबिन आफूहरूलाई स्वीकार्य नहुने उनले बताए । बिहीबार प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बोलाइएको भए पनि बैठक अझै बस्न सकिरहेको छैन।