images

एक पटक मात्रै बोल्न पाउनु पर्‍यो, त्यति हो मागेकोः गृहमन्त्री लामिछाने

काठमाडौं–उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले एक पटक बोल्न पाउनु पर्ने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय सुनुवाइ समिति गठन गर्नु पर्ने अडान राख्दै निरन्तर संसद् अवरुद्द गर्दै आएको छ ।

तर गृहमन्त्री लामिछानेलाई रोष्टममा समेत अघि बढ्न नदिएको कांग्रेसले प्रधानमन्त्रीको जवाफमा चित्त नबुझेकाले उनलाई कुनै पनि हालतमा बोल्न नदिने बताउँदै आएको छ । सोही अवसरमा गृहमन्त्री लामिछानेले आफूले एक पटक बोल्न पाउनु पर्ने भन्दै गुनासो गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले लेखेका छन्, एक पटक बोल्न पाउनु पर्‍यो।त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल रु उनले मिडियासँग समेत आक्रोश व्यक्त गरेका छन्।