images

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक शुक्रवारसम्मका लागि स्थगित भएको छ ।

बैठक शुक्रवार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको हो । बैठक सुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए । कांग्रेसले विरोध जनाएसँगै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् बैठक शुक्रवार सम्मका लागि स्थगित गरेका हुन् । अध्यक्ष दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँ नयाँ पन देखिन थालेको टिप्पणी गरे ।
अध्यक्ष दाहालले नेपाली कांग्रेसलाई सभा सहज रूपमा अघि बढाउनका लागि भूमिका खेल्न आग्रह पनि गरे ।