images

थप रणनीति बनाउन कांग्रेसले बोलायो विपक्षी दलको संयुक्त बैठक

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको संयुक्त बैठक बोलाएको छ । संसदीय दलको बैठक सकिए लगत्तै कांग्रे्सले कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक आह्वान गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरूलाई बैठकमा बोलाएका हुन् ।

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्नु पर्ने माग गर्दै कांग्रेसले निरन्तर रूपमा संसद् बैठक अवरुद्ध पार्दै आएको छ ।