images

सहकारी प्रकरणमा संसदीय छानबिन बनाउनु पर्ने पक्षमा उभिए विपक्षी दलहरू

काठमाडौं– सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् ।

शुक्रवार नेपाली कांग्रेसको नेतृत्वमा बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए । विपक्षी दलका शीर्ष नेताको बैठकले संसदीय छानबिन समिति बनाउने माग गर्ने निर्णय गरेको हो ।

विपक्षी दलहरूको बैठकले बिहीबार सभामुख देवराज घिमिरेले विपक्षीलाई पेलेर अगाडि बढ्न खोजेको विषयलाई पनि संसदमा उठाउने भएको छ । विपक्षी दलहरूले हिजोको घटनाबारे सभामुखलाई संयुक्त रूपमा ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।