images

छलफलका लागि प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई बोलाए

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ ६ बजे छलफलका कांग्रेसका नेताहरूलाई बोलाएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।

कांग्रेसले निरन्तर रूपमा सहकारीको रकम अपचलन गरेको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि ‘संसदीय समिति गठनको माग गर्दै आएको छ । सोही विषयमा सरकारले छानबिन समिति बनाउन नमानेको भन्दै संसद् अवरुद्ध पार्दै आएको कांग्रेसलाई संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले छलफलका लागि बोलाएका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री थापाले भने,संसदीय छानबिन समितिका विषयमा छलफल गर्न प्रधानमन्त्रीजीले आज साँझ ६ बजे छलफलका लागि बोलाउनुभएको छ, हामी छलफलमा जान्छौँ । ’

कांग्रेसका उक्त मागमा राप्रपा, जसपा नेपाल, लोसपालगायत दलले पनि समर्थन जनाएका छन्।