images

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित 

काठमाडौं–प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक जेठ ६ गतेसम्मका लागि स्थगित भएको हो ।
संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ ।
आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । दलहरूबीच सहमति हुन नसकेपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
२ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले आजको बैठक स्थगित गर्दै आगामी आइतबारसम्मका लागि स्थगित गरेको हो ।
संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ ।