
एजेन्सी– उत्तरी गाजा पट्टीको जबलिया शिविरमा आफ्नो घर फर्कने क्रममा प्यालेस्टाइनीहरूमाथि इजरायली आक्रमणमा १५ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।
प्यालेस्टिनी सुरक्षा स्रोतहरूकाअनुसार इजरायली युद्ध विमानहरूले गाजामा प्यालेस्टाइनी शरणार्थीहरूको लागि जबलिया शिविरमा विस्थापित मानिसहरूमाथि लक्षित गरी आक्रमण गरेको थियो । आवासीय घरहरू र एक आश्रय केन्द्रमा पनि मिसाइलहरू प्रहार गरेका थिए ।