images

इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर दुर्घनाग्रस्त अवस्थामा भेटियो, जीवित नरहेको संकेत

एजेन्सी– इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरानी रेडक्रस सोसाइटीका अनुसार हेलिकप्टरमा सवार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत जीवित रहेको संकेत नदेखिएको जनाएको छ ।

इरानी समाचार संस्था तसनिम न्युज एजेन्सीलाई दिएको अन्तर्वार्तामा इरानी रेडक्रस सोसाइटीका अध्यक्ष परि हुसेन कोलिवान्दले भनेका छन्, हेलिकप्टर दुर्घटनास्थलमा कोही पनि जीवित रहेको संकेत देखा परेको छैन ।

समाचार संस्था रोयटर्सले इरानी उच्च अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको पुष्टि गरेको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार आइतबार अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटनपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको हो । स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन् । उनी रइसी सन् २०२१ मा इरानको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।