images

सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं– सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने भएका हुन् । उनलाई विश्वासको मतको पक्षमा मत दिने निर्णय भएको जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन् ।

गत फागुन २१ गते कांग्रेस–माओवादी गठबन्धन टुटेर एमाले–माओवादी गठबन्धन बनेपछि प्रतिपक्षमा बस्दै आएको नागरिक उन्मुक्ति पार्टीले अहिले भने विश्वासको मत दिन लागेको हो । सङ्घीय संसद्मा जनमत पार्टीका ६ जना सांसद छन् ।

यसअघि जनता समाजवादी पार्टीले दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेपछि जनमत विपक्षमा बसेको थियो । अहिले जसपा सरकारबाट बाहिरिएपछि जनमतले सरकारलाई समर्थन गर्ने भएको हो ।