images

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप जारी, संसद् अवरोध पनि जारी राख्ने

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । साथै कांग्रेसले आफ्ना सांसदहरूलाई विश्वासको मत नदिन समेत ह्विप जारी गरेको छ ।

त्यस्तै संसद्को अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेसको निर्णयले बैठक प्रभावित हुने देखिएको छ ।