images

कांग्रेसको संसद् अवरोधपछि प्रधानमन्त्रीको विश्वासको मत प्रभावित

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको गठनको माग गर्दै कांग्रेस सांसदहरू सभामुखको रोष्टम अघि आएर नाराबाजी गरेका थिए ।

कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । प्रधानमन्त्रीलाई विश्वासको मत लिनका लागि सभामुखले प्रधानमन्त्रीलाई बोलाए पनि कांग्रेसको अवरोधका कारण उनी रोष्टम तर्फ अघि बढ्न सकेनन्। जसका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए । जसका कारण प्रधानमन्त्रीको विश्वासको मत प्रभावित भएको छ ।

त्यसै गरी प्रमुख प्रतिपक्षी दल सहित राप्रपा,जसपा नेपाल लगायतले उठेर विरोध जनाएका थिए।