images

कांग्रेसको अवरोधकाबीच प्रधानमन्त्रीले मागे विश्वासको मत

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलहरुको अवरोधका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । कांग्रेस लगायतका दलहरुको अवरोधकाबीच सभामुख देवराज घिमिरेले मर्यादा पालक लगाएर प्रधानमन्त्रीलाई रोष्टममा बोलाएका थिए ।

प्रतिनिधि सभाको बैठकमा कांग्रेसलगायतका विपक्षी दलहरूले वेल घेराउ गरेर नाराबाजी गर्दा प्रधानमन्त्रीले रोष्ट्रमबाट विश्वासको मत मागिरहेका छन् ।