images

कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनीः विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनु पर्छ

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा नेपाली काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनुपर्ने बताए ।

सोमवार विश्वासको मत मागिसकेपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । उनले कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको बताए । उनले विगतमा आफूले काँग्रेसलाई पटक पटक साथ दिएको तर काँग्रेसले आज आफूबिरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताए । उनले संविधानअनुसार विश्वासको मत लिन नदिएर काँग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरेको जिकिर गरे े ।

उनले भने, ‘म अवरोधमा रहेका मान्यज्युहरुलाई खास गरी नेपाली काँग्रेसका सबै मान्य सदस्यहरूलाई भन्न चाहन्छु, तपाईँहरूले आज गलत गर्नुभयो । तपाईँहरूले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक पटक साथ दियो, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईँहरूले संवाद र सहमतिको बाटोतर्फ ल्याउन सहयोग गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईँहरूले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । त्यसको निम्ति म गहिरो दुःख प्रकट गर्न चाहन्छु । तपाईँहरूले नेपाली काँग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ, आजको तपाईँहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ, कलङ्कको रूपमा ।’

प्रधानमन्त्री दाहालले कांग्रेसको आजको संसद्को गतिविधि नेपालको इतिहासमा कलङ्कको रूपमा स्थापित हुने बताए ।