images

विपक्षीको विराेधका बाबजुद प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहितका दलहरूको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले विश्वासको मत प्रक्रिया अगाडि बढाएका थिए ।

विपक्षी दलहरूले बेल घेराउँदै नाराबाजी गरिरहँदा सभामुखले मर्यादा पालकहरूलाई लगाएर प्रधानमन्त्री प्रचण्डलाई संसदमा सम्बोधन गराएका थिए । हस्ताक्षर सहित अगि बढाएको विश्वासको मत प्रक्रियामा १७५ मत प्राप्त गरेको सभामुखले घोषणा गरेका थिए ।

साथै मत दिन्न भन्ने पक्षमा एक मत परेका छ । प्रमुख विपक्षी दलहरू भने मतदान प्रक्रियामा भाग लिएनन् ।