images

सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँः प्रमुख सचेतक शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रूपमा नभई पार्टीको कार्यकर्ताको रूपमा प्रस्तुत भएको आरोप लगाएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सभामुखको रूपमा भूमिका निर्वाह नगरेको बताएका हुन् । उनले सभामुखलाई सभामुखको रूपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रूपमा कुर्सीमा देखेको टिप्पणी गरे । उनले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनी प्रश्न समेत गरे । उनले बैठकमा प्रमुख प्रतिपक्ष दल लगायतका अन्य प्रतिपक्ष दलहरूले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको बताए ।

उनले भने – ‘आज हामीले सभामुख देखेनौँ । कुर्सीमा बसेको मान्छे देख्यौँ । तर कुन पार्टीको कार्यकर्ता देख्यौँ । सभामुखले आज ठुलो गल्ती के गर्नु भएको छ भने, संसदमा उपस्थित भएको सङ्ख्याको पनि गलत टिप्पणी सार्वजनिक गर्नुभएको छ । संसदमा नेपालको इतिहासमा नै पहिलोपल्ट होला कि संसदमा यसरी प्रमुख प्रतिपक्ष लगायत अन्य प्रतिपक्षले हामीले आजको विश्वासको मत मान्दैनौँ भन्दै गर्दा सभाबाट जर्बजस्ती गरेको । अर्को कुरा मर्यादा पालक कहाँ बस्ने हो रु मर्यादा पालकले सभामुखलाई रक्षा गर्ने हो कि रु सांसदलाई रक्षा गर्ने हो रु वा सत्तापक्षका प्रधानमन्त्री र मन्त्रीलाई रक्षा गर्ने हो रु हाम्रो नियमावलीमा स्पष्ट के छ भने कुनै पनि मन्त्रीपटी, कुनै पनि मान्छेपटी अगाडी फर्केर मर्यादापालकहरु बस्न मिल्दैन भन्ने हाम्रो नियमावलीमा स्पष्ट लेखेको छ । तर आज प्रधानमन्त्री र मन्त्रीहरूलाई मर्यादा पालकले घेरेर राख्नुपर्ने जुन अवस्था भयो त्यो भएको हुनाले आज हामीले के देख्यौँ भने सभामुख देखेनौँ । एउटा पार्टीको कार्यकर्ता त्यहाँ बसेको देख्यौँ । सभामुखज्यूलाई भन्छु तपाई सभामुख हो कि अमुक पार्टीको कार्यकर्ता हो रु यो प्रश्न चिन्ह खडा भएको छ । जबकि हाम्रो उपस्थितिलाई सम्म त्यहाँ गणना गरिएको छैन । यसरी पनि गर्न मिल्छ रु यो कहाँको न्याय हो रु प्रधानमन्त्रीले विश्वासको मत लिन अझै २२ दिन बाँकी छ नि त । विश्वासको मत भोलि, पर्सि लिएको भए पनि हुन्छ । सभामुखले निष्पक्षताको भूमिका खेल्नु भएन । अहिले हाम्रो प्रतिपक्ष दलहरूको बैठक पनि भर्खरै सकिएको छ । हामी सबैको निर्णय के छ भने, सभामुख सभामुख जस्तो रहनु भएन ।’

प्रमुख सचेतक शाहीले प्रतिपक्ष दलहरूको साझा निष्कर्ष नै सभामुखको भूमिका सभामुखको जस्तो नभएको रहेको बताए ।