images

संसदीय छानबिन प्रकरणः टीओआर टुङ्गो लगाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन कार्यदलको बैठक जारी रहेको छ ।

मङ्गलवार सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको क्षेत्राधिकारबारे छलफल भइरहेको छ ।

शनिवार गठित कार्यदलले आइतबार बिहानदेखि साँझसम्म छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

नेपाली कांग्रेसले समिति बनाउँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गर्नुपर्ने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनका दल यस कुरामा असहमत छन् ।

कार्यदलमा कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य रहेका छन् । बैठकमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी रहेका छन् ।

सहकारी प्रकरणमा छानबिन समितिको माग गर्दै कांग्रेसले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।