images

संसदमा भइरहेका घटनाहरू वार्ता र संवाद मार्फत समाधान गरिनुपर्छः नेपाल

काठमाडौं–नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा देखिएको गतिरोध दुःखद भएको टिप्पणी गरेका छन् ।

मङ्गलवार बिहान जनकपुरमा समाजवादी प्रेस सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले संसदमा घटिरहेका घटना वार्ता र संवादबाट समाधान गर्नु पर्नेमा जोड दिए ।

उनले भने,‘संसदमा जुन किसिमका घटनाहरू घटिरहेका छन् । वास्तवमा ती घटनाहरू सुखद छैन । वार्ता र संवादबाट ती कुराहरूको समाधान खोज्नु पर्दछ ।’

उनले आफ्नो दल उथलपुथलको राजनीतिमा नरहने समेत बताए । जसपा नेपाल विभाजित भएर विपक्षी गठबन्धनमा जाँदा समाजवादी मोर्चाको भविष्य के हुनेबारे दलहरुबीच बसेर छलफल गर्ने उनको भनाइ छ ।