images

जसपा नेपाल विभाजनविरुद्धको मुद्दा न्यायाधीशद्वय ढुङ्गाना र मुसलमानको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) विभाजनविरुद्धको मुद्दामाथि सुनुवाइ हुँदै छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन गर्ने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर रिट दायर गरेका थिए ।

उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र अब्दुल अजीज मुसलमानको संयुक्त इजलास पेसी तोकिएको छ ।

यसअघि सो रिटमा गत बुधवार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरू जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी आगामी ८ गते छल्का लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।

जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् भने अशोक राईसँग ७ जना सांसद छन् ।