images

९ वर्षीया बालिका बलात्कृतका आरोपित अझै परेनन् पक्राउ, न्याय पाउनेमा पीडित परिवार सशङ्कित 

काठमाडौं–९ वर्षीय बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको आरोप लागेका धनुषाधाम नगरपालिका २ मङ्गलपुरका चन्द्रदिप साह घटना भएको ८ दिनसम्म पनि पक्राउ परेका छैनन् । घटना भएदेखि फरार आरोपित साह हालसम्म पक्राउ नपर्नुले न्याय पाउनेमा पीडित परिवार सशङ्कित छ ।

जेठ १ गते धनुषाधाम नगरपालिका–२ मङ्गलपुरमा निकै अप्रिय घटना घट्यो । त्यो दिन पसलमा हाजमोला पाचक किन्न गएकी बलात्कारमा परिन् । आमाबाट १० रुपैयाँ लिएर विद्यालयका लागि निस्किएकी बालिकालाई सोही ठाउँमा किराना पसल सञ्चालन गर्दै आएका ३६ वर्षीय चन्द्रदिप साहले बलात्कार गरेको बालिकाको परिवारको आरोप छ । पाचक किन्न पसल पुगेकी उनलाई फ्रुटीको प्रलोभनमा पारी आरोपित शाहले करणी गरेको पीडित पक्षको आरोप छ । घटनापछि वालिकालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगियो । १ गते शारीरिक तथा मानसिक रूपमा विक्षिप्त बनेकी बालिकाको उपचारमा भौँतारिइरहेका उनका बुवा आमा भोलिपल्ट मात्रै उजुरी दर्ताका लागि इलाका प्रहरी कार्यालय धनुषा पुगे । तर कार्यालयले स्वास्थ्य परीक्षणको रिपोर्ट बिना उजुरी दर्ता गर्न भने इन्कार ग¥यो । ३ गते जनकपुर प्रादेशिक अस्पतालबाट स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि बल्ल इलाका प्रहरी कार्यालयले उनीहरूको उजुरी दर्ता ग¥यो । तर घटना भएको दिनदेखि फरार आरोपित शाह भने घटना भएको ८ दिनसम्म पक्राउ नहुनुले उनीहरूमा संशकित छन् ।

शारीरिक तथा मानसिक रूपमा विक्षिप्त बनेकी बालिकाको उपचारपछि उनको अवस्था केही सामान्य बन्दै गएको छ । तर उनी आफ्ना वरपर कोही देख्दा अझै पनि पनि तर्सिरहन्छिन् । बाख्रा तथा कुखुरा पालेर जीविकोपार्जन गर्दै आएका विपन्न परिवारका उनीहरू माथि यस घटनाले ठुलो बज्र परेको छ । यसैमाथि घटना भएको हप्ता दिन बितिसक्दा पनि अभियुक्त पक्राउ नहुनुले उनीहरुसगैँ समाज नै थप प्रताडित बनेको छ ।

इलाका प्रहरी कार्यालय धनुषका प्रहरी निरीक्षक किरण लामाका अनुसार आरोपित शाहको खोजी कार्य भइरहेको छ ।