images

टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँः आरजु राणा

काठमाडौं– नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताएकी छिन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताएकी हुन् । उनले आफूले ०५३ सालमा जग्गा किनेको भए पनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताइन् । उनले पत्रकारहरूलाई टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गरिन । सांसद राणाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताइन । उनले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको बताइन् ।

उनले भनिन् – ‘टिकापुरको जमिन तपाईँहरू आफै गएर हेर्न जानुस् । ५० हजार रुपैयाँमा किनेको हो । त्यो सबै रिपोर्ट पनि गरिसकेको छ । मैले किनेको ०५३ सालमा हो । यो घोटाला भएको चाहिँ २०६८ सालपछि हो । त्यो कुराहरू पनि तपाईँहरू गएर हेर्नुहोस् । तपाईँहरू सबै खोज पत्रकारिता गरिरहनु भएको छ । तपाईँहरूलाई गएर हेरिदिनुस् भन्छु । कागजात खोलेर हेर्नुहोला तपाईँहरू कृपया । गृहमन्त्रीको अभिव्यक्तिलाई मैले कसरी हेर्नु रु जनताले कसरी हेरेका छन् त्यो सोध्नुहोस् न । समिति नै नबन्नु चाहिँ कहाँको कुरा हो रु यो प्रजातन्त्र हो नि । यो हुकुमी शासन हो र रु नेपाली कांग्रेसले जनताको बचाउ जहिल्यै पनि गरेर आएको छ । अहिले पनि हामी गर्ने नै छौँ । सहकारी पीडितहरू रोइरहेका छन् । न्यायोचित छानबिन होस् । यो गर्ने सदनको काम होइन रु यो पनि नगरे के गर्ने त सदनमा रु’

उनले नेपाली काँग्रेसले जहिल्यै पनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताइन् ।