images

कैलाश सिरोहिया कान्तिपुर पव्लिकेसनको कार्यालयबाटै गिरफ्तार 

काठमाडौं–काठमाडौं अपराध महासङ्घका प्रमुख सानु प्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली कान्तिपुर सञ्चार गृह भित्र प्रवेश गरेर कैलाश गिरफ्तारमा परेका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको हाे ।

जिल्ला अदालत धनुषाले मङ्गलवार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।

दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मङ्गलवार अनुमति दिएको थियो । धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले नागरिकता प्रकरणमा सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिएका थिए ।

सिरोहियाले राज्य शक्तिको दुरुपयोग गरेर हुने कुनै पनि प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर मिडिया ग्रुप विचलित नहुने पनि बताएका थिए ।