images

नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै, आन्दोलनबारे थप रणनीति बनाउने

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

साथै संसदमा प्रस्तुत हुने बारेमा पनि निर्णय लिने बताइएको छ । नेपाली काँग्रेसले लामो समयदेखि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपसहित संसद् अवरुद्ध गर्दै आएको छ ।