images

काभ्रेमा एक दम्पतीको बीभत्स हत्या

काठमाडौं– काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा एक दम्पतीको बीभत्स हत्या भएको छ । महादेवटार बस्ने ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको विभत्स हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार,श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीको शव भान्सा कोठामा फेला परेको छ ‘घटना विवरण अनुसार उनीहरूको हत्या भएको देखिन्छ । तर कसले किन हत्या गर्‍यो अहिलेसम्म केही खुलेको छैन । ’ टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको प्रवक्ता श्रेष्ठले बताए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।