images

सन्दीपले पाएनन् विश्वकपका लागि भिजा

काठमाडौं–नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि अमेरिकन दूतावासले भिजा दिन इन्कार गरेको छ ।

टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका उनलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो । आफूलाई दूतावासले भिसा नदिएको कुरा सन्दीपले फेसबुकमार्फत जानकारी गराएका छन् । उनले भिसा नपाएकोमा दुःख व्यक्त गर्दै नेपाली क्रिकेटप्रेमीसँग माफीसमेत मागेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार क्रिकेट टोलीका लेगस्पिनर लामिछाने आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पठाउने तयारी भइरहेको जानकारी गराएको थियो । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि सन्दीप विश्वकपको तयारीमा जुटेका थिए ।

गत बुधबार सन्दीपलाई अदालतले सफाइ दिएको थियो । लगत्तै क्यानले पनि घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट उनको निलम्बन फुकुवा गरेको थियो । सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग खेल्न जान लागेका सन्दीपलाई सुरुमा भिसा दिएको थिएन । आलोचना भएपछि दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको थियो ।