काठमाडौं–एसीसी महिला एसिया कपमा लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानले बिहीबार इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । क्यानले घरेलु मैदानमा भएको ललितपुर मेयर्स कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको छ । एसिया कपमा नेपाल भारत, पाकिस्तान र युएई रहेको समूह ए मा छ ।
समूह बी आयोजक श्रीलङ्कासँगै बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १९ जुलाइमा खेल्नेछ । समूह बी मा २१ जुलाईमा युएई र २३ जुलाईमा भारतसँग खेल्ने तालिका छ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल २८ जुलाइमा हुनेछ ।