images

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता,संसद्को गतिरोधबारे छलफल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । शुक्रवार बिहान प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्नका लागि राष्ट्रपति भवन शीतल निवासमा पुगेका थिए ।

उक्त भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसद्मा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।