एजेन्सी–इरानको राजधानी तेहरानमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानका दिवङ्गत राष्ट्रपति इब्राहिम राईसी र उनका सहयात्रीको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा ठुलो सङ्ख्यामा शोकाकुल मानिसको सहभागितामा रहेको थियो ।
राइसीसँगै विदेश मन्त्री होसेन, अमिर–अब्दुल्लाहियान, पूर्वी अजरबैजानका गभर्नर मालेक रहमाती र पूर्वी अजरबैजानका लागि इरानका सर्वोच्च नेता मोहम्मद अलि अले–हाशेम, सबै जना हेलिकप्टरमा सवार थिए । राष्ट्रपति सुरक्षा टोलीका प्रमुख मेहदी मौसावी, हेलिकप्टरका पाइलट र को–पाइलट क्रमशः ताहेर मुस्ताफावी र मोहसेन दर्यानौश र विमान चालक दलका सदस्य बेहरुज कादिमीको दुःखद निधनमा शोक व्यक्त गरेका छन् ।