images

कार्यदलबीच सहमति जुटेन, कांग्रेस भने लचक

काठमाडौं–सहकारी ठगी प्रकरणलाई टुङ्गोमा पुर्‍याउनका लागि गठित कार्यदलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । संसदीय छानबिन समितिको कार्यादेश ९टिओआर० टुङ्ग्याउनका लागि शुक्रवार बसेको कार्यदल बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

कार्यदलका सदस्य एवम् एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तोलाका अनुसार नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्ने गरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सचेतक बर्तौला भने, ‘कांग्रेसका तर्फबाट नयाँ प्रस्ताव आयो तर छलफल जारी नै छ टुङ्गिएको छैन । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ जोडिएका संस्थाको नाम राखेर जाऔँ भन्ने रह्यो । त्यसैले हामीले छलफललाई निरन्तरता दिने कुरा गरेका हौँ । पुनः छलफलका लागि केही समयपछि बस्छौ । ’