images

कार्यादेश टुङ्गाउनेबारे प्रमुख दलका शीर्ष नेताहरूको बैठक जारी 

काठमाडौं–सहकारीको रकम अपचलनबारे बनेको समितिको कार्यादेश टुङ्ग्याउन प्रमुख दलका शीर्ष नेताहरूको बैठक जारी छ । शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल जारी रहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा कांग्रेस दलका नेता कृष्ण सिटौला, प्रमुख सचेतक रमेश लेखक, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र एमाले प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।
बैठकमा  राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेतालाई  भने सहभागी गराइएको छैन ।
यस अघि शुक्रवार बिहान बसेको संसदीय छानबिन समितिको कार्यादेश बनाउन बनेको कार्यदलको बैठक विना निष्कर्ष टुङ्गिएको थियो । शीर्ष तहमा सहमति खोज्ने गरी कार्यदलको बैठक सकिएको थियो ।
कांग्रेसले सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समितिको माग गर्दै सदन अवरुद्ध पार्दै आएको छ ।