images

सत्तापक्षको बैठकमा जानु पूर्व आन्तरिक छलफल जुटे देउवा

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सत्तापक्षका शीर्ष नेताहरूसँगको छलफलका लागि सभापति देउवालाई आमन्त्रण गरेसँगै उनी  आन्तरिक छलफलमा जुटेका हुन् ।

प्रचण्डको निम्तोसँगै कांग्रेस सभापति देउवाले कांग्रेसका शीर्ष नेताहरूसँग परामर्श गरिरहेका छन् । सभापति देउवाले पार्टी नेताहरू पूर्णबहादुर खड्का, गगन थापा, कृष्णप्रसाद सिटौला, रमेश लेखक, कार्यदलमा रहेका जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल गरिरहेका छन् । उनकै निजी निवासमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।