images

कांग्रेसको बिरोधबीच प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधका बीच प्रतिनिधि सभाबाट आ.व= २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकले बहुमतले आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

सभामुख घिमिरेले प्रतिनिधि सभाको मङ्गलवार १ बजेका लागि बोलाएका छन् । सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेस गर्नुपर्ने भएकाले सोही दिन १ बजे बस्ने गरी सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपस्थित हुन आग्रह गरे ।