images

आइपिएल क्रिकेटको उपाधिका लागि आज कोलकाता र हैदराबाद भिड्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद भिड्दै छन् ।

१७औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । तेस्रो पटक उपाधिको दाउमा रहेको कोलकाताले दोस्रो पटक उपाधि दाउमा रहेको सनराइजरको भिडन्त उत्कृष्ट हुने क्रिकेट विश्लेषकहरूको दाबी छ । गत मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको थियो ।

शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँगको भेट पक्का गरेको थियो । कोलकता आइपिएल क्रिकेटको दुई पटकको विजेता टोली हो । उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ । उसले सन् २०१६ मा आइपिएलको उपाधि जितेको थियो ।