images

सरकार पेलेरै जान्छ भने चुनौती सामना गर्न काँग्रेस तयार छ: नेता सिटौला

काठमाडाैं– नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेसले चुनौती सामना गर्न तयार रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताए ।  उनले जनताका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिटै सकिने जिकिर गरे । उनले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउनुपर्ने बताए । । उनले काँग्रेससहितका प्रतिपक्ष दलहरूले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न काँग्रेस तयार रहेको बताए  । सरकार पेलेर जाने हो भने काँग्रेस सहेर नबस्ने चेतावनी दिए। उनले काँग्रेसले आफू मात्रै अन्याय भएको महसुस  नगरेको भन्दै आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको बताए ।
उनले भने, ‘सरकारले जनताको हितमा काम गर्नुपर्छ । संविधानले जनतालाई दिएको हकहरूलाई प्रचलनमा ल्याउनुपर्छ । प्रतिपक्षले जनताको आवाज जनतालाई संविधानले दिएको अधिकारको कुरा प्रतिपक्षले संसदमा निरन्तर उठाउनुपर्छ । प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिद्धियो । सरकारले जनताको हितमा काम गरेन, सरकार सिद्धियो । प्रतिपक्षले प्रतिपक्षमा नेपाली काँग्रेस बाहेकका केही दलहरू पनि छन् । प्रतिपक्षले संसदमा जनताका आवाज उठाइरहेको छ । आवाज बुलन्द गरेको छ । सरकारले यसलाई छिटै गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्छ । सरकार पेलेरै जान खोज्छ भने पेलेर जाने प्रवृत्तिलाई हामीले त्यो चुनौतीलाई सामना गर्नेछौँ । हामीले भनेका पनि छौँ । सरकार साँच्चै यसै ढङ्गले गइराख्ने हो भने काँग्रेस तयार छ । काँग्रेस सहेर त बस्न सक्दैन । काँग्रेसले आफू मात्रै अन्याय भएको महसुस गरेको छैन, आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको छ ।’
नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानुन नै बन्न नसकेको बताए । उनले कानुन सङ्घीय संसद् बनाउनुपर्ने भए पनि प्रदेश लक्षित बन्न नसकेको बताए ।