images

गिरिबन्धु टी–स्टेटबारे कांग्रेस नेता दिएको अभिव्यक्ति नसच्याए एमालेले प्रतिवाद गर्ने चेतावनी

काठमाडौं–एमाले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली काँग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे एमाले आरोपहरू सुनेर नबस्ने चेतावनी दिएका छन् ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन निष्कर्षमा पुग्ने भनिएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले नेपाली काँग्रेसले नेकपा एमाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको बताए । काँग्रेसले अध्यक्ष ओलीप्रति लगाएको आरोपमा लिखित रूपमा क्षमा याचना नमागे एमाले राजनीतिक प्रतिवादमा उत्रिने चेतावनी दिए । उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन काँग्रेस तयार नरहेको आरोप लगाए । उनले नेपाली काँग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा नरहेको बताए । सान्दर्भिक, अनुचित, आधारहीन, पूर्वाग्रहपूर्ण आरोपहरू लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली काँग्रेस लागेको बताए ।

उनले भने, ‘नेपाली काँग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा छैन भन्ने कुरा पछिल्ला दिनका घटनाक्रमहरूले, पछिल्ला दिनका उसका अभिव्यक्तिले सङ्केत गरिरहेको छ । विशेष गरी एउटा असान्दर्भिक, अनुचित, आधारहीन, पूर्वाग्रहपूर्ण आरोपहरू लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली काँग्रेस लागेको छ । पछिल्ला दिनमा नेकपा एमालेका विरुद्ध, विशेष गरी हाम्रो पार्टीका श्रद्धेय अध्यक्षका विरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहीन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लाञ्छनाहरूको प्रचार गरिरहेका छन् । सबैभन्दा पहिला नेपाली काँग्रेसलाई आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गन चाहन्छु । नेपाली काँग्रेस यदि यस प्रकारका आफ्ना अभिव्यक्तिहरूबाट पद्धति हट्दैन भने नेकपा एमाले यस्ता अभिव्यक्तिका विरुद्धमा राजनीतिक रूपमा प्रतिवादमा उत्रिन्छ । उठेको जुन विषय छ, त्यसका बारेमा सार्थक र एउटा संवादबाट सहमतिमा पुगौँ भन्ने कोसिस छ, काँग्रेस कोसिस बिथोल्ने काममा उद्धत छ । हाम्रो स्पष्ट भनाइ के छ भने नेपाली काँग्रेसले नेकपा एमाले र नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा टार्गेट गरेर जुन प्रकारका अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको छ, काँग्रेसले यो आरोपका प्रति लिखित रूपमा क्षमा याचना गर्नुपर्दछ । सार्वजनिक रूपमा माफी माग्नुपर्छ । अन्यथा नेपाली काँग्रेससँगको हाम्रो सम्बन्ध ठिक ढङ्गले अघि बढ्न सक्दैन । काँग्रेसले बुझोस्, नेकपा एमाले यस प्रकारका अराजनीतिक र प्रतिशोधपूर्ण आरोपहरू सुनेर बसिरहने पक्षमा छैन ।’

नेपाली काँग्रेसलाई आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गरे ।