images

सहकारी प्रकरणः कार्यादेशबारे साझा धारण बनाउन कांग्रेस पदाधिकारीको बस्दै

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे साझा धारणा बनाउन वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक आज दिउँसो ३ बजेका बस्ने गरी बोलाइएको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि कांग्रेसले आन्तरिक छलफल गर्नका लागि बैठक बोलाएको हो । सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ ।

आज बिहानको छलफलमा पनि दुवै पक्ष आ–आफ्नो अडानका कारण छलफल बिना निष्कर्ष टुङ्गिएको थियो । बैठक आजै पुनः बस्ने जनाइएको छ ।