images

चिया खेतीमै रमाएका रञ्जित भन्छन्, वार्षिक २५ देखी ३० लाखसम्म आम्दानी लिन सकिन्छ

भोजपुर– व्यावसायिक चिया खेतीमा लागेका भोजपुरको टेम्केमैयुङ ३ का ३५ वर्षीय रञ्जित गिरी समाजमा उदाहरणीय बनेका छन् । जिल्लामा एक मात्र चिया उद्योग सञ्चालन गरिरहेका युवा व्यवसायी गिरी एक सफल व्यवसायीका रूपमा परिचित छन् । उनले भोजपुरमा उत्पादन गरेको अहिले चिया देशका ठुला सहरसँगै विदेशमा समेत पुग्न थालेको छ ।

व्यवसायीक चिया खेतीमा लागेका भोजपुरको टेम्केमैयुङ ३ का ३५ वर्षीय रञ्जित गिरी समाजमा उदाहरणीय बनेका छन् । गिरीको समय चिया हेरचाह र टिपिएको चियाको प्रशोधनमा बित्ने गरेको छ । व्यावसायिक गिरीले आफ्नो ८० रोपनी क्षेत्रमा चिया विस्तार गरेका छन् । विगतमा हातको सहायताले चियाको प्रशोधन गर्दै आएका गिरीले २०७६ सालबाट गरस चिया उद्योग सञ्चालनमा ल्याएका हुन् । उनको यो उद्योग भोजपुर जिल्लामा चियाको क्षेत्रमा एक र पहिलो उद्योग पनि हो । हालसम्म चियाको लागि करिब दुई करोड ५० लगानी गरेको व्यावसायिक गिरीको भनाइ छ ।

युवा व्यवसायी गिरीले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्क समेत पाइसकेको छ । चियाले उचित मूल्य पाएको खण्डमा वार्षिक २५ देखी ३० लाखसम्म आम्दानी लिन सकिने व्यावसायिक गिरीको भनाइ छ । स्वदेशमा केही गर्ने अठोट लिएर व्यवसायीक चिया खेतीमा जुटेका गिरीलाई उनका परिवारले पनि सहयोग गर्दै आएका छन् । बाह्र वर्ष अघि उनका बुवाले सुरु गरेको चिया खेतीलाई निरन्तरता दिँदै गिरी व्यवसायमा जुटेका हुन् । बाह्र वर्ष अघि ढाकरमा बिरुवा ल्याएर आफूले थालेको चिया खेतीले विस्तारित रूप पाएपछि उनका बुवा पनि खुसी छन् ।

आफ्नो उद्योगमा उत्पादन भएको अर्ग्यानिक हरियो चिया(ग्रिन टी_ प्रतिकेजी रु। एक हजार आठ सय, कालो चिया रु।एक हजार दुई सय र सिल्भर चिया रु. ३० हजारमा विक्री गर्दै आएका छन् । चिया उद्योग सञ्चालनको लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहन स्वरूप रु. १७ लाख ५० अनुदान पाएको उनले बताए । स्थानीय सरकारले पनि उनलाई आवश्यक प्रोत्साहन गर्दै आएको छ । युवा व्यवसायी गिरीले सञ्चालन गरेको चिया खेती जिल्लामा नै उदाहरणीय र नमुना रहेको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए। यसलाई पर्यटनसँग जोडेर पनि आम्दानी श्रोतका रूपमा लिन वडाध्यक्ष राईको भनाइ छ ।

उनले चिया बगानको अनुगमनमा आउने आन्तरिक तथा बाध्य पर्यटकलाई लक्षित गरेर चिया बगान भित्र नै टेम्के फन पार्क तथा रिसोर्ट पनि सञ्चालन गरिरहेका छन् । एक वर्ष अघिबाट ९० लाख लगानी रिसोर्ट सञ्चालन गरेका हुन् । व्यवसायी गिरीले चियालाई पर्यटनसँग जोडेर लैजाने योजना रहेको सुनाए । चिया खेती थप विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।