images
images

डा.अहिराजद्धारा बबई क्याम्पसमा पनि ‘पृथ्वीनारायण शाह’छात्रवृत्ति कोष स्थापना

काठमाडौं–बर्दियाको गुलरिया नगरपालिका वडा नं–४ स्थित बबई बहुमुखी क्याम्पसमा मधेस प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नाममा छात्रवृत्ति कोष स्थापना गरेका छन्। क्याम्पसमा आयोजित एक समारोहमा डा।अहिराजले एक लाख एक हजार रुपैयाँ हस्तान्तरण गरेर ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ स्थापना गरेका हुन्।

मधेस प्रदेशका पूर्व प्रमुख डा.अहिराजले समारोहलाई सम्बोधन गर्दै, बर्दियाका जेहेन्दार विपन्न वर्गका विद्यार्थीलाई कोषले पढ्नमा केही सहज होस भनी जिल्लाकै सबैभन्दा पुरानो र पहिलो क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरेको बताए। उनले मृत्युपछिको जीवनलाई सार्थक बनाउन मानिसले आफ्नो आय-आर्जनको न्यूनतम दश प्रतिशत सामाजिक सेवा मा लगाउनु पर्ने धारणा राखे।

कार्यक्रममा सो क्याम्पसका क्याम्पस प्रमुख वीरेन्द्र राज लम्सालले उक्त क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले प्रारम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुने बैङ्क व्याज बाट प्रत्येक वर्ष पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा कार्यक्रमको आयोजना गरी छात्रवृत्ति उपलब्ध गराइने कुरा जानकारी गराए।

गुलरिया ४ निवासी स्वर्गीय भोजराज बराल र डेउडाकला निवासी तत्कालीन जिल्ला पञ्चायत सभापति सुरेन्द्र चन्द ठकुरीको अथक प्रयासले २०४४ सालमा बबई बहुमुखी क्याम्पसको स्थापना भएको हो। स्थापनापछि बर्दियाका विद्यार्थीहरू उच्च शिक्षाका लागि जिल्ला बाहिर जाने बाध्यात्मक परिस्थितिको अन्त्य भएको हो। यस अघि डा।अहिराजले सप्तरीको रुपनगर नन्दराज संग्रौला क्याम्पसमा पनि पृथ्वीनारायण शाहको नाममा छात्रवृत्ति कोष स्थापना गरेका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS