images

४० बुँदे माग सम्बोधन नहुँदासम्म आन्दोलनलाई निरन्तरता दिने राप्रपाको निर्णय

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई बुझाएको ४० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकको प्रधानमन्त्रीलाई बुझाएको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । उनले आन्दोलनको स्वरूप र कार्यक्रम निर्धारण गर्न आन्दोलन परिचालन कमिटीले जिम्मेवारी दिने निर्णय भएको बताए । साथै भ्रष्टाचार लगायतका जनजीविकाको मुद्दामा समेत आन्दोलन गर्ने निर्णय भएको छ । त्यसै गरी राप्रपाले गिरीबन्धु टी स्टेट घोटालाको छानबिन गर्न सरकारसँग माग गरेको छ ।

राप्रपाले राजनीतिक अस्थिरताको बीचमा मध्यावधि निर्वाचन हुनसक्ने आङ्कलन गरेको छ । बैठकले मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर पार्टीको सङ्गठन सुदृढ गर्ने निर्णय पनि गरेको छ । राप्रपाले पार्टीको सङ्गठन र संरचनालाई सुदृढ गर्ने, २०८२ वैशाख मसान्त सम्ममा ७७ वटै जिल्ला अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।