images

संसद्को संयुक्त बैठक बस्दै,बजेट सार्वजनिक हुने

काठमाडौैं– सङ्घीय संसद्अन्तर्गत आज संयुक्त सदनको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गरिँदै छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको छ । बजेट सार्वजनिक भएपछि ४ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । साथै सवा ४ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ । दुवै सभाको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट सभा समक्ष पेस हुनेछ ।