images

सहकारी हिनामिना प्रकरणः कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिन आज कार्यदलको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्नेछ । बैठकले कार्यादेशलाई अन्तिम रूप दिने बताइएको छ ।

कार्यादेशलाई अन्तिम रूप दिई हस्ताक्षर भएपछि मात्रै संसद् खुल्ने भएकाले सहमति गरेर अघि बढ्ने बताइएको छ । कांग्रेससहित प्रतिपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।