images

कार्यादेशको टुङ्गो लगाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक जारी रहेको छ । बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सङ्लन सहकारीमा उनको नाम किटानी गरेर छानबिन गर्नु पर्ने र सत्तापक्षले नाम उल्लेख गर्न नहुने अडानका कारण कार्यादेश टुङ्गोमा पुग्न सकिरहेको छैन ।

जसका कारण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई महिना भन्दा लामो समयदेखि संसद् अवरुद्ध पार्दै आएको छ । आजको बैठकमा पनि सहमति नजुटे बजेट भाषण समेत अवरोध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।