images

कोशी प्रदेश सरकारविरुद्ध परेको रिट हेर्न नभ्याउनेमा

काठमाडौं–कोशी प्रदेशका पूर्व मुख्यमन्त्री कार्कीले दायर गरेको रिट हेर्न नभ्याउनेमा परेको छ । बुधवार दोस्रो नम्बरमा पेशी तोकिएको भए पनि उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको हो । पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट बुधवार न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो ।

मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीहरूसँग लिखित जवाफ माग गरेको थियो ।

जेठ ९ गते अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो । कोशी प्रदेशमा हाल नेकपा एमालेका तर्फबाट हिक्मत कार्की मुख्यमन्त्रीमा आसीन रहेका छन् ।