images

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध परेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ । गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गरिएको रिटमाथिको सुनुवाइ स्थगितमा परेको हो ।

आज तेस्रो नम्बरको पेशीमा रहेको उक्त रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको थियो । तर निवेदकको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको हो ।

सहकारी ठगी प्रकरणमा लामिछाने र महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको थियो । त्यस विरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।