काठमाडौं–क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले फेरी भिजा दिन अस्वीकार गरेको छ । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेले भिसा फेरि रिजेक्ट गरेको हो ।
सरकारकाे कुटनीतिक पहलपछि लामिछाने अन्तर्वार्ताका लागि अमेरिकी दूतावासमा बाेलाएकाे थियाे । अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकन दूतावासले उनलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो ।
नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि बिहीबार ढिलो गरी अन्तर्वार्ताका लागि दूतावासले बोलाएकाे भए पनि भिसा भने दिन अस्वीकार गरेकाे हाे ।
बिहीबार खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले परराष्ट्र मन्त्रालय मार्फत नोट पठाएको र अझै आशावादी रहन भन्दै सन्दीपलाई आश्वस्त पारेका थिए ।
सन् २०१९ मा पनि अमेरिकन दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । अमेरिकाले भिसा दिन अस्वीकार गरेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेपछि दूतावासले बोलाएर सन्दीपलाई भिसा दिएको थियो ।
नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी–२० विश्वकप खेल्न जाने तयारीमा छ । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ। अमेरिकाले भिसा नदिँदा सन्दीप भने विश्वकप खेल्नबाट बञ्चित बनेका छन् ।