images

नेता र कार्यकर्ताहरु भ्रष्टाचारले बिग्रेका छन्ः अध्यक्ष नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै उनले यस्तो बताएका हुन् । उनले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रूपमा लिनुपर्ने र त्यस रूपमा नै अघि सारिएको बताए ।

उनले अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको बताए । उनले भ्रष्टाचारले नेता, कार्यकर्ता र देश बिग्रिएको बताए। उनले समाज विकृति र विसङ्गतिका कारण बिग्रिरहेको बताए । उनले देशको योजना बनाउँदा हावादारी योजना बनाउन नहुने बताए । अध्यक्ष नेपालले आफूहरू नेपालको राजनीति सहज ढङ्गले अघि बढ्नुपर्ने पक्षमा रहेको बताए । उनले नेतृत्वमा बस्नेहरूले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । नेताहरू पनि बिग्रिएका छन् भ्रष्टाचारले, कार्यकर्ताहरू पनि बिग्रिएका छन् भ्रष्टाचारले । देश पनि बिग्रिएको छ भ्रष्टाचारले । समाज पनि बिग्रिएको छ, विकृति र विसङ्गतिले । त्यसैले यी सबै चिजबाट कसरी हामीले उन्मुक्ति प्राप्त गर्ने, हामी ती सबैबाट कसरी माथि बढ्ने रु भ्रष्टाचारलाई उन्मुलन गर्नेकुरामा, नियन्त्रण गर्नेकुरामा, यसबाट जोगिने कुरामा, ध्यान कसरी दिने ?  देशको योजना बनाउँदा हावादारी योजना बनाएर भएन । अहिले मैले बजेटको एउटा पक्ष देखेँ । कृषिको सन्दर्भमा ल्याइएका योजनाहरू मलाई साह्रो मन प¥यो । कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रूपमा लिनुपर्ने र त्यस रूपमा नै अघि सारिएको देख्दा धन्यवाद दिन मन लाग्यो । राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पु¥याएर चल्नुपर्दछ । सबै चिजलाई ध्यानमा राखेर चल्नुपर्छ । संवेदनशील भएर पनि चल्नुपर्छ । संवेदनशील भएर चल्न सक्यो भने संवेदनशीलताको कवच आवश्यकता पर्दछ ।

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पु¥याउन जरुरी रहेको बताए ।