एजेन्सी– भारतमा गर्मीका कारण एकै दिन ७९ जनाको ज्यान गएको छ ।
बिहार, झार खण्डसमेत ७ राज्यमा बिहीबार लूका कारण सो सङ्ख्यामा मृत्यु भएको हो । सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ । झार खण्डमा १५ जनाको मृत्यु भएको थियो । ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको ज्यान गएको थियो । राजस्थान र छत्तीसगढमा मर्नेको सङ्ख्या क्रमशः ५ र ३ थियो ।
उत्तर प्रदेश र दिल्लीमा १÷१ जनाको मृत्यु भएको छ । मौसम विभागले शुक्रवारका लागि यी राज्यमा लूसम्बन्धी अलर्ट जारी गरेको छैन । बिहीबार अधिकांश राज्यमा लूसम्बन्धी अलर्ट जारी गरिएको थियो । पछिल्ला दिनहरूमा भारतमा गर्मीका कारण दिनहुँ कयौँको ज्यान गइरहेको छ ।